Thorai Lyrics & Tabs by Topi

Thorai

guitar chords lyrics

Topi

Album : Mitho BihaniPlayStop

हिंडने कोशिशमा छु, तिमी नजाउन
उभिन खोज्छु म, मलाई सम्हालन
सानो सानो पाईला मेरो, तिमीतिरै बोलाउन

लडेर रुन्छु म
मलाई हँसाउन
मलाई फकाउन
थोरै नजिक आउन
टाढा नजाउन
अँध्यारोले डर लाग्छ लैजाला मलाई
बाबा बचाउन
डरलाई भगाउन
पहिलो हार मेरो, अनुभव सुनाउन
हरेस खान्छु म, मनोबल बढाउन
धेरै कोशिश अनि पहिलो जीत
तिमी सम्हालन, आँसु नझारन

हरेस खान्छु म, मनोबल बढाउन
धेरै कोशिश अनि पहिलो जीत
तिमी सम्हालन, आँसु नझारन
थोरै नजिक आउन
टाढा नजाउन
अँध्यारोले डर लाग्छ लैजाला मलाई
आमा बचाउन
डरलाई भगाउन
ईश्वर मेरो लागि
सधैं तिमी हौ, सधैं तिमी हौ
खुशी होस् या दुख
मेरो मनले पहिले सम्झीने तिमी हौ
सधैं तिमी हौ
थोरै नजिक आउन
टाढा नजाउन
थोरै नजिक आउन
टाढा नजाउन
अँध्यारोले डर लाग्छ लैजाला मलाई
आमा बचाउन
बाबा बचाउन
डरलाई भगाउन

Like us on Facebook.....
-> Loading Time :0.0038 sec