Aankha Chhopi Narou Bhani Lyrics & Tabs by Narayan Gopal

Aankha Chhopi Narou Bhani

guitar chords lyrics

Narayan Gopal

Album : Maaya Ko Yaam nepali PlayStop

(आँखा छोपी नरोउ भनि भन्नुपर्याछ
मुटुमाथि ढुंगा राखि हाँस्नुपर्याछ) 2
(भोली उठी कहाँ जाने केही थाहा छैन

फर्कि आउने हो कि होईन केही थाहा छैन) 2
वाचा छिटै आउछु भनि गर्नुपर्याछ
मुटु माथि ढुंगा राखि हाँस्नुपर्याछ
(छातीभरि गाँउ-बेशी पखेरीको छाँया
आखाँभरि मेलापात मायालुको माया) 2
आफैलाई छाडी कतै जानुपर्याछ
मुटुमाथि ढुंगा राखि हाँस्नुपर्याछ
(भन्ने कुरा कति थियो छाती भित्रै रह्यो
परेलीका ओठबाट आँशु झरी रह्यो) 2
कुलचिएर आफैलाई हिड्नुपर्याछ
मुटुमाथि ढुंगा राखि हाँस्नुपर्याछ

कुलचिएर आफैलाई हिड्नुपर्याछ
मुटुमाथि ढुंगा राखि हाँस्नुपर्याछ

Like us on Facebook.....
-> Loading Time :0.0088 sec